नेपालको खराब सुरुवात, गुम्यो ३ विकेट, अनिल र देव खनाल शुन्य रनमा आउट


काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबियाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ ।

८ ओभरको खेल सम्पन्न हुँदा नेपालले ३ विकेट गुमाइसकेको छ ।

नेपालका कुशल भुर्तेल १८ रनमा आउट हुँदा अनिल शाह र देव खनाल शुन्य रनमा पेभेलियन फर्किएका छन् ।

नेपालका लागि अहिले आशिफ शेख र कुशल मल्ल ब्याटिङका लागि मैदानमा रहेका छन् ।

प्रतिक्रिया