ओली–रअ प्रमुख भेटबारे नेकपा प्रवक्ताको टिप्पणी– पार्टीलाई थाहा छैन, कुटनीतिक आचार मिचियो
काठमाडौं– हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारी निवास बालुवाटारमा भारतको गुप्तचरी संस्था रअका प्रमुख सामन्त गोयलले भेट गरेको बारे पार्टीलाई जानकारी नभएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार एउटा टिप्पणी लेख्दै उनले भनेका छन्,‘नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको । नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो।’
श्रेष्ठको विचार उनको सामाजिक सञ्जालमा यसरी राखेका छन्, पूरा पढ्नुहोस् ।
https://www.facebook.com/narayankaji.shrestha.33/posts/2758845467706324