बिंगो खेलेको आरोपमा एमजिएम स्नुकरबाट १४ जना पक्राउ


काठमाडौं- अनुमति नलिइ बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले  १४ जनालाई पक्राउ गरेको छ । बौद्धको नयाँ बस्तीस्थित छुल्टिम लामाले संचालन गरेको एमजिएम उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले  बताए ।

बिंगोको खालबाट प्रहरीले १ लाख ७ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया