

सोमपालले दिलाए एउटै ओभरमा नेपाललाई दुई सफलता

काठमाडौं – सोमपाल कामीले नेपाललाई एउटै ओभरमा दुई सफलता दिलाएका छन् । खेलको २१ औं ओभरको तेस्रो र अन्तिम बलमा सोमपाल कामीले २ विकेट लिएका हुन् ।
यससँगै नामिबियाले ८२ रन बनाएको छ ।
कामीले ३४ रन बनाएका जन फ्रायलिंक र कप्तान गेहार्ड इरासमसलाई आउट गरेका हुन् । त्यसअघि नेपालका लागि ललितनारायण राजवंशीले २ विकेट लिएका छन् ।
नेपालले नामिबियालाइ जितका लागि १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

