
बुवा मेयर भएको पालिकामा हाकिम बनेका धामीको जिम्मेवारी खोसियो
दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको दोहोरो जिम्मेवारी खोसिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई शैल्यशिखर नगरपालिकाको जिम्मेबारीबाट हटाएको हो।
अधिकृत धामीलाई हिजो (१ फागुन)को निर्णयअनुसार नगरपालिकाबाट हटाएको पत्रको चलानी नम्बर १५६३ रहेको छ । उनी नौगाड गाउँपालिका र आफ्नै बुवा मेयर रहेको शैल्यशिखर नगरपालिकाको दोहोरो जिम्मेवारीमा थिए ।
अधिकृत धामीले गरेका केही ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारको क्षेत्रीय कार्यायलय महेन्द्रनगर कञ्चनपुरमा उजुरी परेका छन् ।



कागजपत्र |
