ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलाको १३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदी मंगलबार १३९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया