
५ तोला सुन चोरेर भागेकी लक्ष्मी पक्राउ
बैतडी- सुन चोरी मुद्दामा फरार रहेकी बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका– ५ की २२ वर्षीया लक्ष्मी नाथ योगीलाई मंगलबार पक्राउ गरिएको हो ।
डिलाशैनी गाउँपालिकाण्५ कै जयानन्द नाथको घरबाट ५ तोला सुन चोरेको आरोपमा पक्राउ परेकी नाथलाई गएको मंसिर १२ गते जिल्ला अदालतले ४ महिना ८ दिन कैद सजाय र १० हजार रुपैयाँ जरीवाना तोकेको थियो ।
सोही दिनदेखि फरार रहेकी लक्ष्मीलाई मंगलबार उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
पक्राउ परेकी नाथलाई कारागार चलान गरिसकिएको उनले बताए । सोही मुद्दामा उनका श्रीमान समेत कारागारमै रहेका छन् ।



कागजपत्र |
