
लिग-२ का लागि टिममा समेटिए अनिल र देव
काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले नामिबिया र नेदरल्याण्डविरुद्धको आइसीसी लिग-२ का लागि खेल्ने टोलीको घोषणा गरेको छ।
आज बिहान सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा देव खनाल र अनिल साहलाई समटदै टोली घोषणा गरिएको हो। यसअघि समावेश गरिएका रिजन ढकाल र अर्जुन साउदलाई हटाएको छ। यसअघि मुख्य प्रशिक्षक मोन्टी देशाईले साह र खनाललाई रिजर्भमा राख्दै टोलीको घोषणा गरेका थिए।
क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका दुवै टोलीमा अटाएका हुन्। क्यानडाविरुद्ध साहले शतक बनाएका थिए भने खनालले पनि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
नेदरल्याण्ड र नामिबिया सम्मिलित आइसीसी लिग टु त्रिकोणात्मक सिरिज भोलिदेखि त्रिवि क्रिकेट मैदानमा हुँदैछ।




कागजपत्र |
