चितवनको सूर्योदय लघुवित्तमा आगजनी


चितवन- चितवनको एउटा लघुवित्त संस्थामा आगो लगाइएको छ । भरतपुर महानगरपालिका–२६, ज्योतिनगरस्थित सूर्योदय वोमी लद्युवित्त संस्थामा आगजनी गरिएकाे हाे ।

मुखमा मास्क लगाएर आएका दुई पुरुषले संस्थामा हिजाे आगो लगाएको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् । आगलागीबाट संस्थाको कम्प्युटर, प्रिन्टर, टेबल, स्क्यानर, कुर्सी जलेर नष्ट भएको छ ।

उनका अनुसार तिनीहरुले पहिले संस्थाका कर्मचारीलाई धम्क्याएका थिए । त्यसपछि पेट्रोल हालेर आगो लगाइदिएका हुन् ।

‘जनतामारा सहकारीलाई कारबाही गरौं’ लेखिएको पर्चा लघुवित्तका कर्मचारीको भएको ठाउँमा छरेको डिएसपी भण्डारीको भनाई छ ।

घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको डिएसपी भण्डारीले बताए ।

प्रतिक्रिया