देउवाका छोरा जयवीरको विवाह आज


काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र सांसद आरजु देउवाका छोरा जयवीर सिंह देउवाको विवाह आज हुँदैछ । जयवीरको गायिका शिवाना श्रेष्ठसँग विवाह हुने भएको छ ।

बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा विवाह हुने भए पनि पार्टी भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने भएको छ ।

उक्त भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ ।

साथै बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ । त्यसअघि आफन्त र निकटस्थहरूलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ ।

 

प्रतिक्रिया