

नगरपालिकाको जागिरमा नातावाद : श्रीमतीदेखि सालीसम्म भर्ना

महोत्तरी- महोत्तरीको भङ्गहा नगरपालिकाका कर्मचारीहरूले आफन्तलाई जागिर लगाएको पाइएको छ । नगरपालिकामा कार्यरत कर्मचारीले आफ्ना श्रीमतीदेखि सालीसम्मलाई जागिर दिएको पाइएको हो ।
पालिकाको विभिन्न ५ पदमा करारमा कर्मचारी भर्ना प्रक्रियामा ४ जना कर्मचारीकै आफन्त परेका छन् ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवकी श्रीमती सिर्जना यादव रोजगार सहसंयोजक, नगरपालिकाका स्वास्थ्य संयोजक राजु साहकी श्रीमती कल्पना मैनाली ल्याब असिस्टेन्ट, पालिकाका आईटी अफिसर लक्ष्मी रायकी साली सीमा सिंह अनमी र वडा नम्बर ६ की अध्यक्ष राजीशरण यादवकी भतिजी रेनु कुमारी यादव अनमीमा जागिरका लागि पास भएका हुन् ।

