पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा


काठमाडौं- नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो। लगातार सातौँ जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । आज गण्डकी प्रदेशले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४ ओभर दुई बलमा चार विकेट गुमाएर भेटायो ।

पुलिसको लागि दीलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए । गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८ ओभर तीन बलमा एक सय ७० रनमा अल आउट भएको थियो । गण्डकीका अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । पुलिसका राशिद खानले ५ विकेट लिए। पुलिस ७ खेलमा १४ अङ्कका साथ शीर्ष स्थानमा छ ।

पुलिसले दोस्रो स्थानमा रहने टोलीसँग फाइनल खेल्नेछ ।

प्रतिक्रिया