


हत्या गरी फरार कैली तामाङ १४ वर्षपछि पक्राउ

काठमाडाैं- व्यक्ति हत्या अभियोगमा २० वर्ष कैद सजाय पाएकी एक महिला १४ वर्षपछि पक्राउ परेकी छिन्।
संखुवासभा जिल्ला अदालतबाट १२ चैत ०६६ मा व्यक्ति हत्या आरोपमा दोषी ठहर गरी २० वर्ष कैद सजाय पाएकी संखुवासभा साबिकको सिद्धकाली गाविस– २ बस्ने ३५ वर्षीया कैली तामाङलाई इलाका प्रहरी कार्यालय केराबारी मोरङबाट खटिएको प्रहरी टोलीले १० माघमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार तामाङलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको प्रहरी टोलीलाई बुझाई सकिएको छ ।

