

यू–१९ विश्वकप: नेपालले ६ विकेट गुमायो

काठमाडाैं- आईसीसी यू–१० विश्वकपमा पाकिस्तानविरुद्ध अलराउण्ड गुल्सन झा पनि आउट भएका छन् ।
४७ बलमा १० रन बनाएका गुल्सन लामो सट खेल्ने प्रयासमा क्याच आउट हुन पुगे ।
इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले ३८ ओभरको खेल जारी रहँदा ६ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको छ।
ओपनर विपिन रावल ३९ रनमा बोल्ड आउट भए। ६८ बलमा ४ चौका र १ छक्का मद्धतमा ३९ रन बनाउँदा विपिन अहमद हुसैनको बलमा बोल्ड आउट भए ।
कप्तान देव खनाल २३ रन बनाउँदा क्याच आउट भए । ३७ बलमा ३ चौका हानेका देव लामो सट खेल्ने धुनमा हुँदा अलि अस्फाँदको बलमा क्याच आउट भए ।
ओपनर अर्जुन कुमाल ६ रन बनाएर पवेलियन फर्के। पाचौं ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए ।
सातौं ओभरको पाँचौ बलमा आकाश त्रिपाठी ६ रनमा नै क्याच आउट भए। १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैन कै बलमा क्याच आउट हुन पुगे ।
उत्तम मगर ४ रन बनाउँदा अरफत मिनहासको बलमा अलि अस्फन्दको हातबाट क्याच आउट भए ।

