नारायणहिटी दरबार संग्रहालयको पर्खाल भत्काउन महानगरको ताकेता


काठमाडौं- काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन पुनः तोकेता गरेको छ । बुधबार नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई  एक पत्र काट्दै महानगरले सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) बमोजिम पर्खालको संरचना बनाउन आग्रह गरेको हो ।

यसअघि महानगरपालिकाले पर्खालको पुनरसंरचना गर्न अनुरोध गरेको थियो । तर सो कार्य हालसम्म गरेको नदेखिएको हुँदा पुनः ताकेता पत्र लेखिएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया