
बिदा किन नबसेको भन्दै पाँच प्रहरीलाई स्पष्टीकरण
काठमाडौं- जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।
प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएकाले जवानहरुलाई प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको हो ।
ती जवानहरु ६ महिनासम्म पनि बिदा नबसेको देखिएकाले स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए । कारबाही गर्नका लागि नभएर बिदा बस्नलाई प्राेत्साहित गर्न स्पष्टीकरण सोधिएको उनले बताए ।
ती जवानहरुले स्पष्टीकरणको जवाफ पनि दिइसकेको बुझिएको छ । प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने बिदा पाउँछन् ।



कागजपत्र |
