बंगलादेशका ब्याट्सम्यान हुसेनलाई २ वर्षको प्रतिबन्ध


बंगलादेश – ब्याट्सम्यान नासिर हुसेनलाई सन् २०२५ अप्रिलसम्म क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाइएको छ।

सन् २०२१ अबुधाबी टी–१० लिगका क्रममा भ्रष्टाचारविरोधी नियम उल्लंघन तथा कथित म्याच फिक्सिङका लागि अन्य सात खेलाडी तथा अधिकारीसहित उनलाई प्रतिबन्ध लगाइएको हो।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार हुसेनले तीन आरोप स्वीकार गरेका छन्। हुसेनमाथि ७५० अमेरिकी डलर मूल्यको नयाँ आइफोन १२ ‘उपहार प्राप्ति’ र भ्रष्ट आचरणमा संलग्न भएको आरोप छ। उनले भ्रष्टाचारको अनुसन्धानमा अधिकारीहरूलाई सहयोग गर्न अस्वीकार गरेको पनि स्वीकार गरेका छन्।

‘इमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी संहिताको उल्लङ्घनका तीन आरोप स्वीकार गरेपछि खेल सञ्चालक संस्थाले हुसेनमाथि प्रतिबन्ध लगाएको हो’, आईसीसीले भनेको छ, ‘निलम्बन गरिएको भागका सम्बन्धमा शर्त पूरा गरेमा उनी सन् २०२५ अप्रिल ७ मा अन्तर्राष्ट्रिय क्रिकेट फेरि शुरु गर्न स्वतन्त्र हुनेछन्।

प्रतिक्रिया