प्रचण्ड–नेपाल समूहमाथि प्रधानमन्त्रीको कटाक्षः केही पिलोहरू उछिट्एर जान्छन्, निचोरिएर जान्छन्


सिन्धुली – प्रधानमन्त्री केपी ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्‍याउने बचन पुनः दोहोर्‍याएका छन्।

सिन्धुलीमा सुनकोशी-मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्‍याउने बताएका हन् ।

२०५१ सालमा आफूहरुले नै मासिक एक सय रुपैयाँबाट वृद्धभत्ता दिने थालेको भन्दै ओलीले बढाएर तीन हजार पुर्‍याइएको र केही समयभित्रै त्यसलाई पाँच हजार पुर्‍याइने बताए ।

कार्यक्रमलाइर्मा सम्बोधन गने क्रममा प्रधानमन्त्री ओलिले नेकपा पुष्पकमल दाहाल-माधव नेपाललाई पार्टी भित्रका पिलोको संज्ञा दिँदै उनले भने‘केही पिलोहरू उछिट्एर जान्छन्, निचोरिएर जान्छन् । तपाईंहरूलाई अहिले राजनीतिबारे चिन्ता होला, अब चिन्ता गर्नु पर्दैन’।

प्रतिक्रिया