
संसदीय दलका नेतालाई राष्ट्रपतिको निम्तो
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सबै दलका संसदीय दलका नेताहरूलाई शीतलनिवासमा आमन्त्रण गरेका छन् ।
माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूलाई शीतल निवासमा बिहान ११ बजे निम्ता गरेका हुन् ।
आज माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।
माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ ।



कागजपत्र |
