
डेनमार्कमा नयाँ राजा
एजेन्सी – डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन् ।
डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन् ।
अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो ।
आइतबार फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौं मानिसहरू उपस्थित भएका थिए ।



कागजपत्र |
