बैतडीमा कुखरा र पकाउने मसला चोरी गर्ने ६ जना पक्राउ


बैतडी- बैतडीमा कुखुरासहित मरमसला चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । राति पार्टी गर्ने भन्दै कुखुरा फर्मबाट ब्रोइलर कुखुरा र मरमसला चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले कुखुरा फर्मबाट दुईवटा ब्रोइलर कुखुरा, खुर्सानी, टमाटर, अदुवा, प्याज, धनिया र मसला चोरी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई चोरी गर्दै गरेको अवस्थामा प्रक्राउ गरिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया