नाउपाकाे अध्यक्षमा रेशमको उम्मेदवारी


कैलाली- नागरिक उन्मुक्ति पार्टीको भावी अध्यक्षका लागि अहिलेसम्म रेशम रेशम चौधरीको एकल उम्मेदवारी परेको छ । उनी पार्टीका संरक्षक हुन् । नाउपाको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन् । अहिले पनि उम्मेदवारी दर्ता जारी छ ।

महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ । गङ्गा प्रतिनिधिसभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन् ।  यसअघि महासचिव रहेका रतन थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताइन्छ ।

 

प्रतिक्रिया