

क्यानको महाप्रवन्धक नियुक्ति निष्पक्ष नभएको भन्दै अदालत जाने चेतावनी

काठमाडाैं- नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्त प्रक्रिया निष्पक्ष नभएको आरोप लागेको छ ।
महाप्रवन्धक नियुक्ति प्रक्रियामा रहेका नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै नियुक्ति प्रक्रिया निष्पक्ष नभएको आरोप लगाएका हुन् ।
नियुक्तिको प्रक्रिया सही नभएको भन्दै त्यसलाई नसच्याएर आफू अदालत जाने उनले बताएका हुन् ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार उत्सव ढुंगानालाई महाप्रवन्धक नियुक्त गरेको थियो ।

