पञ्चेश्वरको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चेश्वर परियोजनाको डीपीआर फाइनल हुने अन्तिम चरणमा रहेको बताएका छन् । संघीय संसद्‌को कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

‘पञ्चेश्वको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ । यो दुवै देशको राष्ट्रिय हितमा छ भन्नेमा सबै सहमत नै छौं’, प्रचण्डले समिति बैठकमा भने, ‘मेरो भारत भ्रमणका क्रममा जो वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर बन्ने वातावरण बन्यो । आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ ।’

पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकरात्मक असर पर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया