हृदयघात भएर पिचमै ढले ब्याट्सम्यान


नोएडा- भारतमा भएको एउटा क्रिकेट खेलमा पिचमै एक ३४ वर्षीय ब्याट्सम्यानलाई हृदयघात भएको छ । नोएडामा भइरहेको खेलमा ३४ वर्षीय विकास नेगीको मृत्यु भएको हो ।

पिचमा ढलेपछि खेलाडीले उनलाई तत्काल सीपीआर दिएका थिए । तर, खेलाडीको घटनास्थलमै मृत्यु भयो ।

हृदयघात हुनुअघि विकास आफ्नो टोलीका लागि ७ रन बनाएर ब्याटिङ गरिरहेका थिए ।

प्रतिक्रिया