
छात्राको विषयमा दुई समूहबीच विवाद, रनिङ सिल्ड खेल्न गएका विद्यार्थीमाथि हतियार प्रहार
बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ । सोमबार साँझ केदार मावि पीपलकोटका विद्यार्थी १७ वर्षीय विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो ।
उनी दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा भाग लिन गएका थिए । हतियार प्रहारबाट घाइते कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएका छ ।
घटनागत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका ६ जनालाई राति १० बजे पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले जानकारी दिए ।
स्थानीयका अनुसार राष्ट्रपति रनिङ सिल्डमा सहभागी एक छात्राबारे दुई समूहबीच विवाद भएको थियो । सोमबारको खेल सकिपछि विद्यार्थीको समूह र खेल हेर्न आएका युवाबीच मञ्चको पछाडि झडप भएको स्थानीयले बताए ।
त्यसपछि चमेलियाको पुलपारि दुवै समूहबीच पुनः झगडा हुँदा विद्यार्थी घाइते भएका हुन् ।



कागजपत्र |
