
प्रधानमन्त्री मोदीको अपमान गरेको भन्दै मालदिभ्सका ३ मन्त्री निलम्बित
काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अपमान गरेको भन्दै मालदिभ्सका ३ मन्त्री निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टका कारण उपमन्त्रीहरूमा मालशा शरीफ, मारियम शिउना र अब्दुल्ला महजुम मजिदलाई निलम्बित गरिएको हो ।
४ जनवरीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लक्षदीप भ्रमणको तस्विर सामाजिक सञ्जालमा शेयर गरेका थिए । सोही लक्षदीपको उडाउदै मोदीका मजाक बनाएको भन्दै उनीहरु कारबाहीमा परेका हुन् ।
सोही विवादका कारण कयौं भारतीयहरूले निश्चित भइसकेको मालदिभ्स भ्रमण रद्द गरिरहेका छन् ।



कागजपत्र |
