

सर्यो प्रधानमन्त्रीको सम्बोधन, दिउँसो ३ बजेका लागि तय भएको सम्बोधन साँझ ५ बजे गर्ने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मङ्गलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम २ घण्टा पछि सरेको छ।
भोलि अपराह्न ३ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएकोमा उक्त समय सारेर ५ बजे पुर्याइएको छ।
प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्रीमा नियुक्त भएको ठीक एक वर्षपछि सम्बोधनको तयारी गरेका प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्।

