

पोखरामा ठड्याइयो वीरेन्द्रको सालिक

पोखरा- पोखराको वीरेन्द्र चोकमा मध्यराति स्व.राजा वीरेन्द्रको सालिक ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो ।
करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।
पोखरा-१०, रामबजारको चोकमा २०६९ सालमा राजा वीरेन्द्रको सालिक स्थापना गरी चोकलाई नै वीरेन्द्रचोक नामकरण गरिएको थियो ।

