आरती साहका श्रीमान् मोतीबावु पक्राउ


जनकपुरधाम- जनकपुरधामकी आरती साहको हत्याका आरोपी उनका पति मोतीबाबु साहलाई पक्राउ गरिएको छ।

मोतीबाबुलाई सोमबार बिहान जनकपुरधामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन अभाले बताए। सर्वोच्च अदालतको आदेशका आधारमा मोतीबाबुलाई पक्राउ गरिएको डीएसपी अभाले बताए।

गत जेठ ७ गते आरती जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोकस्थित घरमै मृत भेटिएकी थिइन् । परिवारजनले हत्या गरेको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएको थियो । आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन साह लगायत परिवारजनलाई विपक्षी बनाइएको थियो ।

यो मुद्दामा धनुषा जिल्ला अदालतले आरतीकी श्रीमान मोतीबाबु र ससुरा मदनमोहन व्याहुत सुँडीलाई थुनामा पठाउने आदेश दिएको थियो ।

तर असोज १८मा उच्च अदालत जनकपुरले थुनामा रहेका दुवैजनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । त्यसविरूद्ध आरतीकी परिवार सर्वोच्च अदालत पुगेको थियो ।

 

प्रतिक्रिया