

आलुको प्रज्ञापन पत्रमा ल्याइएको ट्रकभरी प्रतिबन्धित प्याज, भन्सारका कर्मचारीको मिलेमतो

काठमाडौं– नेपालगन्ज भन्सारका कर्मचारीको तस्करसँग मिलेमतो गरेको सार्वजनिक भएको छ । आइतबार साँझ नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भन्सारका कर्मचारीको बद्मासी सार्वजनिक भएको हो ।
भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएको ट्रकमा केही बोरा मात्रै आलु ल्याइएको थियो । तर ट्रकभित्र ठूलो परिमाणमा प्याज भेटिएपछि सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलीका चेकपोष्टले उक्त ट्रकले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले यूपी ४० टी ७४७४ नम्बरको तरकारीको गाडी नियन्त्रणमा लिएर अन्दाजी ३० क्विन्टल प्याजस राजस्व अनुसन्धान कार्यालय पठाएको जनाएको छ।
अहिले भारतबाट नेपालमा प्याज ल्याउन प्रतिबन्धित छ । तर आइतबार साँझ आएको उक्त ट्रकमा ल्याइएको प्याज बरामद नगरेर छोडिगएको पाइएको छ ।

