
संकल्प यात्रा जस्तो कार्यक्रम एमालेबाहेक अरुले गर्न सक्दैन : ओली
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले झुलाघाट–चिवाभञ्याङ संकल्प यात्रा जस्तो कार्यक्रम अरु कसैले गर्न नसक्ने बताएका छन् ।
आइतबार मंसिर १४ देखि पुस १ गतेसम्म सञ्चालन भएको लाघाट–चिवाभञ्याङ यात्राबारे जानकारी गराउन आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।
उनले भने “केन्द्रीकृत गर्ने हो भने आश्चर्यजनक हो,” ओलीले जिकिर गर्दै भने, “एमालेबाहेक अरु कसैले यस्तो कार्यक्रम गर्न सक्दैन ।”
उनले केन्द्रीय तहबाट नै खर्च व्यवस्थापन गरिएको भए ५० करोडभन्दा माथि पुग्ने बताए । “यस्तो यात्रा केन्द्रीय तहबाट, सरकारी तबारबाट गर्ने हो भने कति करोडको खर्च पुग्छ पुग्छ भनिसाध्य छैन । ५०औँ करोडभन्दा माथि जान सक्छ ?,” ओलीले भने । तर, एमालेले खर्चका लागि कार्यकर्तामा नै भर परेको सुनाए ।
“हामी जम्माजम्मी जनतामा भरपर्यौं । कार्यकर्तामा भर पर्यौं । तलै भर पर्यौं । उहाँहरूले म्यानेज गर्नुभयो । प्रदेश कमिटीले सहयोग गरे । जिल्ला–जिल्लाले सहयोग गरे,” उनले भने ।



कागजपत्र |
