

भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

काठमाडौं- भक्तपुरमा नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नं. गण नक्सालमा दरबन्दी भएका बालकृष्ण उपाध्याय घिमिरे मृत भेटिएका हुन् ।
घिमिरे सिपाडोल टौखेलस्थित आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी परिसर भक्तपुरमा प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

