नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बोलाइएको हो ।

बैठमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । २३ गते बस्ने संसद बैठकमा प्रस्तुत हुने विषयमा पनि छलफल गरी रणनीति तय गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल गरिन नेताहरुले बताएका छन् ।

दाहाल-नेपाल समूहले हिजो (मंगलबार) केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित पार्टी कार्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।

उक्त समुहले गएको ७ फागुनमा पनि नागरिकतासहित उपस्थित हुन केन्द्रीय सदस्यलाई खबर गरेको थियो । तर, त्यसदिन केहीबेर अनौपचारिक बैठक बसेपछि केन्द्रीय सदस्यहरुलाई राजधानी उपत्यका नछोड्न र पार्टी कार्यालयसँग सम्पर्कमा रहन निर्देशन दिइएको थियो ।

प्रतिक्रिया