

आज एनएसएलका २ खेल, इलाम र ललितपुर तथा लुम्बिनी र पोखराको भिडन्त

काठमाडौं – राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् ।
पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीको सामना गर्ने भएको छ । खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।
आजै हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल साँझ पाँच बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबिचको खेल बराबरीमा सकिएको थियो । धनगढी र काठमाडौँबिचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

