

काठमाडौंबाट मोटरसाइकल चोर पक्राउ

काठमाडौँ- ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक जनालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका- ७ घर भई हाल काठमाडौँ बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
बागमती प्रदेश ०२–०३६ प ५१९२ नम्बरको मोटरसाइकल काठमाडौँको भिमसेनस्थानबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो ।
वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३८ प ६७१६ नम्बर राखी चलाइरहेको अवस्थामा तामाङलाई सोमबार नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

