

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्तिको विषयलाई लिएर सर्वोच्चमा रिट परेको छ ।
अधिवक्ता सविन पोखरेलले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीको नियुक्ति विधि र कानुन सम्वत नरहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
विधिको शासन नभई स्वेच्छाचारी रूपले प्रशासनिक प्रक्रिया भन्दा बाहिर गएर सदस्य सचिवको नियुक्ति गरिएको भन्दै उनले गरेका निर्णय, विधि र पत्राचार गैर कानुनी रहेको पोखरेलले आरोप लगाएका छन् ।
साथै उनले सदस्य सचिव राजु कुमार खत्रीको नियुक्ति बदर गर्न समेत माग गरेका छन् ।

