

काठमाडौँको थापाथलीस्थित सडक पेटीमा १ जना मृत फेला

काठमाडौँ – काठमाडौँ महानगरपालिका-११ थापाथलीस्थित सडक पेटीमा एक व्यक्ति मृत भेटिएका छन्।
आज बिहान ६ बजे थापाथली अस्पताल जानेतर्फको सडकको पेटीमा अन्दाजी ४० वर्षका पुरूष मृत भेटिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डिएसपी कुमोध ढुङ्गेलले जानकारी दिए।
मृत भेटिएका व्यक्तिको पहिचान हुन नसकेको उनले बताए। त्यस क्षेत्रमा सोधपुछका क्रममा उनी मागी हिँड्ने व्यक्ति भएको खुलेको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको एसपी ढुङ्गेलले बताए ।

