
एमालेको संकल्प यात्रा विथोल्न खोज्ने ६ जना पहिचानवादी पक्राउ
काठमाडौं – कोशी प्रदेशमा नेकपा एमालेको संकल्प यात्रा विथोल्न खोज्ने ६ जना पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
आज (शनिबार) बिहान यातायात बन्द गराउँदै हिँडेका धरानबाट ५ जना र झापाको केरखाबाट एक जना पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको हो।
यसअघि मंसिर २६ गते कोशी प्रदेश प्रवेश गर्ने एमालेको यात्रा रोक्न हिडेका पूर्वमन्त्री गोपाल किराती, झापाका पाण्डवलाल चौधरीसहितका ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले उनीहरुलाई विनाशर्त रिहाइको माग गर्दै आज बन्दको आह्वान गरेका थिए ।
नेकपा एमालेको संकल्प यात्राको टोली आज दिउँसो तेह्रथुमबाट पाँचथर पुग्दैछ।



कागजपत्र |
