
१६ पुसदेखि कांग्रेसले एक महिने अभियान सञ्चालन गर्ने
काठमाडौँ – नेपाली कांग्रेसले एक महिने ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।
शुक्रबार पार्टी कार्यालय सनेपामा बसेको कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
१६ पुसदेखि १६ माघसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरिने कांग्रेसले जनाएको छ ।
स्थगित भएको दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियान १६ पुसदेखि गर्न लागिएको महामन्त्री गगन थापाले बताए ।
अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ ।



कागजपत्र |
