

विमानस्थलमा फेरि समातियो सुन, शारजाहबाट काठमाडौं आएका भारतीय नागरिक पक्राउ

काठमाडौं – अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकजना पक्राउ परेका छन् ।
एयर अरेबियाको उडानमा चढेर शरजाहबाट काठमाडौं आएका भारतीय नागरिक जितेन्द्र मुलचन्द वावाको साथबाट १८० ग्राम अवैध सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
उनका अनुसार उनले सर्ट तथा पाइन्टका बटम बनाएर सुन ल्याएको खुलेको छ । पक्राउ परेका जितेन्द्रमाथि थप अनुसन्धान भइरहेको छ ।
पछिल्लो एक सातायता विमानस्थलमा ठूलो मात्रामा सुन बरामद भएको छ ।

