
इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारले गर्यो २ लाख सहयोग
कैलाली- सुदूरपश्चिम सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत रकम सहयोग गरेको छ ।
मंगलबार कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा आन्तरिक मामिलामन्त्री शिवराज भट्टले इजरायलमा मारिएका सुदूरपश्चिमका ७ विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् ।
७ अक्टोबरमा इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो ।
उनीहरु मध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए । आक्रमणमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात रहेको छ ।



कागजपत्र |
