मुख्यमन्त्री कार्कीको गाडीमा पहिचानवादीले गरे ढुंगा प्रहार


झापा: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ ।

मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ ।

पहिचानवादी आक्रमणकारीको खोजी भइरहेको छ।

प्रतिक्रिया