
भारतविरुद्ध नेपालको दयनीय प्रदर्शन, ३८ रन बनाउँदा गुमायो ८ विकेट
काठमाडौं — एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेटमा भारतविरुद्ध नेपालले दयनीय प्रदर्शन गरेको छ ।
नेपालले ३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको छ । नेपालका लागि अहिलेसम्म सर्वाधिक रन बनाएका अर्जुन कुमाल र दिपक बोहोराले ७÷७ रन बनाएका छन् । उनीहरु दुवैजना आउट भइसकेका छन् ।
अहिले नेपालका लागि हेमन्त धामी र सुवास भण्डारीले ब्याटिङ गरिरहेका छन् ।
नेपाल समूह चरणका यस अधिका दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।
अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।



कागजपत्र |
