भारतविरुद्ध नेपालको खराब ब्याटिङ, १७ रन बनाउँदा गुमायो पाँचाैं विकेट


काठमाडौं – एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रुपमा दीपक बोहरा र दोस्रो विकेटका रुपमा उत्तम थापालाई गुमाएको हो । उनीहरुको विकेट भारतीय बलर राज लिम्बानीले लिए ।

त्यस्तै अफगानिस्तानविरुद्धको खेलमा शानदार पारी खेलेका अर्जुन कुमाल पनि ७ रन बनाउँदै आउट भएपछि नेपालको कमजोर ब्याटिङ पुनः देखिएको हो । नेपालका कप्तान देव खनाल पनि २ रन बनाएर आउट भइसकेका छन् । अहिले नेपालका दिपक बोहोरा र गुल्सन झाले ब्याटिङ गरिरहेका छन् । नेपाल अहिले ९ ओभरमा ५ विकेटको क्षतिमा १७ रन बनाएर खेलिरहेको छ । नेपालका कप्तान खनाल र दिपक प्रसाद डुम्रे लगाता बलमा आउट भएका थिए ।

समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले आज समूह चरणको अन्तिम खेल खेल्दै छन्। यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो।

उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो। नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ। समूह चरणका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछ। समूह चरणमा दुई हार ब्यहोरेपनि नेपालको सेमिफाइनल सम्भावना सकिएको छैन।

 

प्रतिक्रिया