नेपाल एयरलायन्सका कार्यकारी प्रमुखको बर्खास्तीको माग राख्दै कर्मचारी आन्दोलित


काठमाडौं – नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारी आन्दोलित भएका छन् ।
उनीहरुले प्रमुख अधिकारीले एयरलाइन्स डुबाउन लागेको भन्दै गम्भीर आरोप लगाएर आन्दोलन सुरु गरेका हुन् ।

निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको आरोप उनीमाथि छ ।

यस्तै वर्षौंदेखि सञ्चालनमा नरेहको र व्यवस्थित गर्न नसकिएको ट्वीनअटर जहाज साथै पाँच थान चिनियाँ जहाज र त्यसका करोडौं मूल्यका पार्टपूर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीहले गेटमै धर्ना दिएर अधिकारीलाई प्रवेश निषेध गरेकाे निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया