पार्किङ गरिराखेका सवारीलाई ट्रकले ठक्कर दिँदा ९ सवारीसाधनमा क्षति, २ जना घाइते


विराटनगर – मोरङको उर्लाबारीमा ट्रकले ९ वटा सवारीसाधनलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बिहीबार दिउँसो सहचालकले हाँकेको ट्रकको ठक्करबाट अटोरिक्सा चालक दुई जना घाइते भएका हुन् ।

दुर्घटनापछि ट्रक चालक फाकफोकथम गाउँपालिका–४ का २२ वर्षीय योगेन्द्र थापामगरलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । पक्राउ परेका थापामगरसँग सवारी चालक अनुमतिपत्र छैन ।

ना ३ ख ४०७८ नम्बरको ट्रकले उर्लाबारी नगरपालिका–५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका सवारी साधनहरुलाई दिउँसो सवा २ बजेतिर ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट ३ वटा अटो रिक्सा, ४ वटा मोटरसाइकल, २ वटा सीटी सफारी र एउटा पिकअप गाडीमा क्षति पुगेको छ ।

प्रतिक्रिया