दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै  सर्वोच्चमा रिट


काठमाडौं – गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित गरेको जिकिरसहित डा. सुरेन्द्र भण्डारी सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् ।

भण्डारीले प्रसाईँ आफैँले सुरू गरेको अभियानमा सहभागी हुन नपाउने गरी संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्‍याइएको रिटमा दाबी गरिएको छ ।

राजनैतिक विचार राख्न नपाइने गरी कसैलाई पनि नियन्त्रणमा लिन, निगरानीमा राख्ने थुनामा राख्न नपाइने रिटमा उल्लेख छ ।

सरकारका कामकारबाही चित्त नबुझे शान्तिपूर्णरूपमा विरोध गर्न पाउने नागरिकको मौलिक हकलाई सम्मान गर्नुको सट्टा निवेदकलाई गैरकानूनी रूपमा निगरानीमा राख्ने, थुनामा राख्ने र विभिन्न झुट्ठा मुद्दा लगाई फसाउने सम्मको सम्भावना भएकोले आतंकित र त्रसित सिर्जना भएको भण्डारीको रिटमा लेखिएको छ ।

प्रतिक्रिया