बढुवा भएका ५ एसएसपीको पदस्थापन, को कहाँ भए पदस्थापना ?


काठमाडौं – नेपाल प्रहरीमा हालै उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका पाँच जना अधिकारीहरूको पदस्थापन भएको छ।

नेपाल सरकार गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयअनुसार एसएसपीमा बढुवा भएका वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको पदस्थापन भएको हो।

अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालयमा पदस्थापन भएका छन् भने पौडेल बागमती प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा हेटौंडा, राई प्रधान कार्यालय अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखा, ओली कर्णाली प्रदेश प्रहरी कार्यालय अपराधन तथा अनुसन्धान महाशाखा र चन्द्रदेव राई प्रधान कार्यालयका कार्य विभाग कार्य निर्देशनालयमा पदस्थापन भएका छन् ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले बिहीबारको निर्णयअनुसार उनीहरूको पदस्थापन भएको जनाएको छ।

उनीहरूलाई बुधबार प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका थिए।

 

प्रतिक्रिया