आजको माैसमः उपत्यकामा बदली हुँदा, तीन प्रदेशमा हिमपातको सम्भावना


काठमाडौं  – पहाडी भू–भागमा आंशिक बदली रही बिहीबार बिहान देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौंमा भने आज मौसम बदली हुनेछ। दिनभर घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया